कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्र, नक्टाझिजमा स्वागत छ...

१. परिचयः

जनकपर अंचल कृषि विकास योजना (जे.ए.डि.पी.) नामले तत्कालिन श्री ५ को सरकार तथा मित्र राष्ट्र जापान सरकारको संयूक्त प्रयासबाट २०२८ सालमार्ग ७ गते (२६ नोभेम्वर १९७१ ) मा संचालनभएको र २०२९ साल जेष्ठमहिनामा यस योजनाको कार्यालय जनकपुरधाममा स्थापनाभयो । आवश्यक निर्माण कार्यaहरु पुरा भएपछि २०३१ सालमार्ग १९ गतेका दिन जनकपूरधामबाट  धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं. ७ अन्तरगत नक्टाझिज गा.वि.स. वडा नं.१ (हाल मिथिलानगर  पालिका वार्ड नं. १) मा सारियो । २०२८ सालमार्ग ७ गते देखि २०३१ सालमार्ग १८ गते ( २६ नोभेम्बर १९७१ देखि २५ नोभेम्वर १९७४) सम्म यो योजना तयारी अवस्थामा रहयो । नेपाल सरकार तथा जापान सरकार बीच २०३१ साल कार्तिक २२ गतेकादिन     (७ नोभेम्वर १९७४) ५ बर्ष अवधिको निम्ती संझौताभई कार्य संचालनको सुरुवात भयो र समय समयमा विभिन्न चरणमा २०६३।०६४ सम्म म्याद थप भई कार्यक्रम संचालन भयो । सुरु देखि हाल सम्म विभिन्न मिति हरुमा भएको निर्णयानुसार फरक फरक नामबाट ५ पटकनाम परिवर्तन भई हाल कृषि विकास योजना जनकपूरको नामबाट संचालित छ । आ.व. २०४९।०५० देखि कृषि विकास योजना जनकपूर नेपाल सरकारको नियमित कार्यालयको रुपमादातृ राष्ट्र जापान सरकारको (के.आर.२) आर्थिक सहयोगमा कृषक वर्गलाई सेवा पुरयाउँदै आएकोमा आ.व. २०६४।०६५ देखि नेपाल सरकारको सम्पुर्ण लगानीमा संचालित छ ।

     योजना कृषक वर्गको हक हिततर्फ चिन्तन शिल रही सिंचित क्षेत्रको विस्तार गरी उत्पादन तथा उत्पादकत्वमा बृद्धि, आयआर्जन तथा खाद्य सूरक्षामा टेवा, उन्नत कृषि प्रविधिको विस्तार तथा ग्रामीण स्तरमा रोजगारीको अवसर प्रदान गर्नूको साथै  गरीवी निवारण समेतमा मद्दत गर्ने जस्ता कार्यक्रमहरु प्याकेजको रुपमा संचालन गर्दै कृषि क्षेत्रमा अहम भुमिका निर्वाह गर्दै आईरहेकोछ ।

 १९ हेक्टर क्षेत्रफल भएको यस योजनामा आफ्नै कार्यालय भवन, स्टोर, वर्कशप, अतिथि गृह, कर्मचारी आवासका साथै अन्यभौतिक सुविधा सम्पन्न रहेकोछ ।  योजनाको प्रभाव क्षेत्र मूख्य रुपमा सिरहा, धनूषा, महोत्तरी र सर्लाही जिल्ला रहेकोमा आ.व. २०६६।०६७ देखि कोशी देखि नारायणी सम्मको तराईका ९ जिल्ला कायम गरिएको छ । यसको अलावा तराईको बांकी ११ जिल्ला गरी जम्मा २० जिल्लामा पनि कृषक उपभोक्ताको मागको आधारमा स्यालो ट्यूववेल जडान सेवा विस्तार गर्दै कृषक हरुको दिगो एवं समून्नत विकास तर्फ लक्षित रही काम गर्दै आईरहेकोछ ।

१.१ योजनाको नाम परिवर्तनका चरणहरु

(क) जनकपूर अंचल कृषि विकास योजना, नक्टाझिज २०२८ (२०४४ सालसम्मप्रथम चरण)

(ख) ट्युववेल सिचाई तथा कृषि तालिम सेवा केन्द्र २०४५ (२०४६ सालसम्म दोश्रो चरण)

(ग) कृषि विकास योजना जनकपूर २०४७ (२०४९ अषाढसम्म तेश्रो चरण)

(घ) कृषि विकास योजना नक्टाझिज २०४९।४।१ देखि नेपाल सरकारको नियमितकार्यालय)

(ड.) कृषि विकास योजना जनकपूर (२०६१ वैशाख देखि २०७५/०५/०५)

(च) कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्र, नक्टाझिज (२०७५/०५/०५ देखी हाल सम्म)

१.२ स्थापना,  उदेश्य एवं कार्यक्षेत्र

                भुमिगतजलको उपयोगकालागि डीप तथा स्यालो टयुववेल जडान गरी टयुववेलको प्रभावक्षेत्रमा सघन कृषि विकास संचालन गरी कृषकहरुको रोजगारी एवं आयबृद्धि गर्दै खाद्य सूरक्षा सूनिश्चित गर्ने उदेश्यले आ.व. २०२८।०२९ मा नेपाल सरकार र जापान सरकारको वस्तूगत तथा आर्थिक सहयोगमा जनकपुर अंचल, धनुषाजिल्ला, नक्टाझिजगा.वि.स.को वडा नं.१ मा कृषि विकास योजना जनकपुरको स्थापना भयो । आ.व. २०६४।०६५ देखि नेपाल सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा मुख्यतः कोशी देखि नारायणी सम्म तराईका ९ जिल्लाहरुमा यस योजनाले भुमिगत सिंचाई एवं कृषि विकासका कार्यक्रमहरु संचालनगर्दै आएकोमा आ.व.२०७२।०७३ देखि तराईका २० जिल्लाहरुमा स्यालो ट्यूववेल जडानकार्य गरेको छ ।

१.३ दृष्टिकोणः

     योजनाको प्रभाव क्षेत्रमा निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायीक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी कृषकहरुको जीवन स्तरमा सुधार ल्याउने यस योजनाको दिर्धकालीन दृष्टिकोण रहेकोछ ।

१.४ उदेश्यः

             भुमिगत सिंचाई सुविधाको विकास एवं सिंचाई सेवाको प्रभावकारी उपयोग ।

             कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि ।

             बाली विविधिकरण एवं व्यावसायी करणको माध्यमवाट रोजगारी एवं आयबृद्धि

             बाली सघनतामा बृद्धि ।

             कृषि प्रविधि एवं सिंचाई व्यवस्थापनमा कृषकहरुको दक्षता एवं क्षमता अभिबृद्धि ।

१.५ योजनाका मूख्य अवयवहरुः

  १. भुमिगत जल श्रोत विकास एवं जल व्यवस्थापन ।

  २ प्रभाव क्षेत्रमा सघन कृषि विकास कार्यक्रम ।

  ३ फार्म भित्र श्रोत वीउ तथा फलफुल विरुवा उत्पादन कार्यक्रम । 

१.६ योजनाका मुख्यमुख्य कृयाकलापहरु

१.भुमिगत जल श्रोत विकास एवं जल व्यवस्थापन

  १.१ डीप तथा स्यालो ट्युववेल जडान ।

  १.२ पम्पहाउस र कुलो निर्माण ।

  १.३ विद्यूत लाइन विस्तार तथा ट्रान्सफरमर जडान ।

  १.४ पम्प जडान ।

  १.५ पम्प मर्मत तथा डीप टयुववेल रीहैव सम्वन्धी कार्य ।

  २. सघन कृषि विकास कार्यक्रमः

  २.१ वीज बृद्धि कार्यक्रम ।

  २.२ व्यावसायिक बगैंचा स्थापना कार्यक्रम  ।

  २.३ बालीहरुको प्रविधि प्रदर्शन एवं अनूसरण कार्यक्रम ।

  २.४ दक्षता एवं क्षमता अभिबृद्धि सम्वन्धी कार्यक्रम (तालीम, गोष्ठी, भ्रमण आदि)

  ३. श्रोत वीउ तथा फलफुल विरुवा उत्पादन कार्यक्रम (फार्म भित्र)

  ३.१ धान, गहूं, आदीको श्रोत वीउ उत्पादन ,

  ३.२ फलफुल विरुवा उत्पादन (आंप, लीची, कटहर, मेवा)

  ३.३ अलंकारिक विरुवा उत्पादन ।

१.७ कार्यक्षेत्रः

  • भुमिगत सिचाई सुविधा विस्तार, प्रभावकारी जल व्यवस्थापन एवं कृषि विकास सम्वन्धी कार्यनीति, आवधिक र बार्षिक योजना तयारी सम्बन्धी कार्यहरु ।
  • तराईका जिल्लाहरुमा स्वीकृत कार्यक्रम अनूसार भुमीगतजल श्रोत विकास का लागि उपयुक्त र संभाव्य क्षेत्रमा डीप टयुववेल एवं स्यालो टयुववेल जडान सम्वन्धी कार्यहरु ।
  • कमाण्ड क्षेत्रमा सघन कृषि विकास सम्वन्धी कार्यहरु ।
  • डीप टयुववेल क्षेत्रमा प्रभावकारी जल उपयोग एवं व्यवस्थापन सम्बन्धी कार्यहरु । 

१.८.  कार्यनीतिः

निकायको काम संग सम्वन्धित नीतिगत एवं कानुनी व्यवस्था

  • डीप टयुववेल, पम्पमर्मत तथा रीहैव कार्यहरु सिंचाई निती २०७० (प्रथम संशोधन) अनूसार हूनेछ ।
  • सिचाई सूविधाको अन्यकूनै श्रोत नभएको र भुमिगत जलश्रोतको उच्च संभावना भएको क्षेत्रमा संभाव्यता अध्ययनको आधारमा भुमिगत सिचाई विकास कार्यक्रम संचालन गरिनेछ ।
  • डीप स्यालो टयुववेल सिचाई विकास कार्यक्रम उपभोक्ता कृषक समुह जलप्रवन्ध समितिको समन्वय एवं प्रत्यक्ष सहभागितामा संचालन हूनेछ ।
  • भुमिगत सिंचाई विकास कार्यक्रम संचालनका लागि सिंचाई नीति अनूरुप उपभोक्ता कृषकहरुले कम्तीमा कुल लागतको सहभागिता ३ देखि २० प्र.श. नगद, जिन्सी वा श्रमदानको रुपमा व्यहोर्नू परनेछ ।
  • डीप टयूववेल सिचाई विकास कार्यक्रम अन्तरगतका कार्यक्रम (डीप टयुववेल जडान, पम्पहाउस, कुलो निर्माण, ट्रान्सफरमर तथा पम्प जडान) का लागि एकमूष्ट जनसहभागिता रकम बुझाउनेलाई प्राथमिकता दिइनेछ ।
  • सिंचाई तथा कृषि विकास कार्यक्रम सम्बन्धी जिल्ला कृषि विकास कार्यालय एवं सरोकारवालाहरुको समन्वयएवं सहभागितामा संचालन गरिनेछ ।
  • सरोकारवालाहरुको समन्वय, सहभागिता एवं सहकार्यमा योजनाले प्रभाव क्षेत्रमा प्रभावकारी जलउपयोग तथा व्यवस्थापनका लागि सिंचाई तथा सघन कृषिविकास कार्यक्रम संचालन गर्नेछ ।
  • प्रभाव क्षेत्रका कृषकहरुको सिंचाई तथा कृषि सम्बन्धी दक्षता एवं क्षमता अभिबृद्धि गर्ने कार्यक्रम जस्तै एकीकृत बाली तथा जल व्यवस्थापन तालिम, गोष्ठी कृषक भ्रमण आदि संचालन गर्नेछ ।
  • केही डीप टयुववेल क्षेत्रलाई श्रोतकेन्द्रको रुपमा विकसित गर्न उपभोक्ताहरुको सहभागितामा कमाण्डक्षेत्रको योजनातर्जूमा, कार्यान्वयन एवं अनूगमन मूल्यांकन प्रणाली विकसित गरिदै लगिनेछ ।
  • भुमिगत जलश्रोतको कमाण्डक्षेत्रमा संभाव्यता एवं उपभोक्ताको चाहना अनूरुप उच्च मुल्य पर्ने बालीहरुको प्रवद्र्धन मा विशेष जोड दिइनेछ ।